२०७८ जेष्ठ २ गते आइतवार

दाङमा संक्रमितको संख्या ५६८ पुग्यो,सोमवार थपिए ५८ संक्रमित

तुलसीपुर, असार १५ । दाङमा सोमवार नयाँ ५८ जना संक्रमित थपिएका छन् । सोमवार जिल्लाको गढवामा सबैभन्दा धेरै २२ जना संक्रमित थपिएका छन् । बबईमा १०, घोराहीमा ९, तुलसीपुरमा ८, राप्तीमा ५, र शान्ति नगर र दंगिशरणमा समान २÷२ जना नयाँ संक्रमित थपिएका हुन । विभिन्न पालिकाहरुमा थपिएका प्राय सबै संक्रमित छिमेकी देश भारतवाट आएकाहरु हुन । तर तुलसीपुरका ५ जना भने कुवेतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन ।

यो संगै दाङमा मात्रै संक्रमितको कुल संख्या ५८६ पुगेको छ । सोमवार देशभर ४७६ जनामा संक्रमन फेला परेको छ । यो संगै नेपालमा कुल संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । सोमवार २१ जना निको भएर घर फर्किएका छन् । सोमवार सम्म २९ जनाको कोरोनावाट नेपालमा मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ असार १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *