२०८१ फाल्गुन २ गते शुक्रवार

बुटवलमा कार र मोटरसाईकल ठोक्किदा बाबु–छोराको मृत्यु


दाङ,असार १५ । रुपन्देहीमा सवारी दुर्घटना हुँदा बाबु छोराको मृत्यु भएको छ । मोटरसाइकलमा सवार सैनामैना वडा नं. १ निवासी ३० बर्षीय छोरा सन्तोष परियार र ५० बर्षीय बाबु टेकबहादुर परियारको मृत्यु भएको छ । मोटरसाईकल छोराले चलाएका थिए । गम्भीर घाइते दुबै जनाको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ ।

दिउँसो दूई बजेतिर पूर्व–पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका वडा नं. ६ कलौनी शान्ति टोलमा कपिलवस्तुबाट बुटवलतर्फ जाँदै गरेको लु २ च ८५२९ नम्बरको कार र विपरित दिशातर्फ गइरहेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ । कार र मोटरसाइकल इलाका प्रहरी कार्यालय सालझण्डीले नियन्त्रणमा लिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७७ असार १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *