तुलसीपुर ,असार १५ । महिलालाई पुरै कपडा खोल्न लगाई भिडियो एक्सरे गरेको अभियोगमा एकजना स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
बबई गाउँपालिका वडा नं. ५ निवासी घर भइ घोराहीको गोरखा हस्पिटलमा रेडियो ग्राफिक्समा कार्यरत २२ बर्षीय नवराज डाँगीलाई प्रहरीले सोमवार विहान पक्राउ गरेको छ ।
डाँगीले आइतवार घोराही उपमहानगरपालिका वडा नं. १८ निवासी एकजना नव विवाहित महिलालाई पुरै ‘नेकेड’ बनाएर भिडियो एक्सरे गरेको अभियोग लागेको छ ।
ती महिला त्यहाँ छातिको एक्सरे गर्न भनि गएको भएपनि डाँगीले उनलाई कम्मपर मुनिको समेत पुरै कपडा खोल्न लगाएर एक्सरे गरेको आरोप लागेको छ ।
महिलाका पतिले जिल्ला प्रहरी कार्यालय घोराहीमा दिएको जाहेरीका आधारमा डाँगीलाई पक्राउ गरिएको दाङ जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।
घटनावारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । कसुर ठहर भए दोषीलाई कानुन बमोजिम कारबाही हुने उनले बताए ।