२०८२ जेष्ठ १३ गते आइतवार

योजना बारे छलफल गर्दै प्रदेश सभा सदस्य गिरी

तुलसीपुर, असार १५ । प्रदेश नम्बर ५ का प्रदेश सभास सदस्य शंकर गिरीले आफ्नो सिफारिसमा परेका योजनाहरुका बारेमा स्थानीयसंग छलफल शुरु गरेका छन् ।

नेपाली काँग्रेसका नेता समेत रहेका गिरीले तुलसीपुर ११ स्थित प्रिगाउँका स्थानीयसंग छलफल गरेका हुन ।

प्रत्येक प्रदेश सांसदको सिफारिसमा पहिलो चरणमा ६० लाखका दरले योजनामा बजेट बिनियोजन गर्ने प्रदेश सरकारको निर्णय अनुशार उक्त मन्दिरमा गिरिको सिफारिसमा १० लाख रुपैंया बिनियोजन भएको नेता गिरीले बताए ।

नेपाली काँग्रेस क्षेत्र नम्बर ३ (ख) का सभापति खिम बहादुर वली, तुलसीपुर ११ नम्बर वडा सदस्य सुबास डाँगी लगायतको जनताको जिवन संग प्रत्यक्ष सरोकार राख्ने कुराहरुमा लगानी गर्न आग्रह गरेका छन् ।

सांसद गिरीले पहिलो चरणका योजना अन्तर्गत पश्चिम दाङका ६ वटा योजना सिफारिस गरि बजेट बिनियोजन भएको जानकारी दिए । गिरिले अन्य योजनाहरु पनि पार्नका लागि सम्बन्धित मन्त्री र कर्मचारिसंग छलफल भइरहेको जानकारी दिए ।

 

 

प्रकाशित मिति : २०७७ असार १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *