२०८१ चैत्र ९ गते शनिवार

लमहीमा डष्टविन वितरण


शिबराज खनाल,
लमही , असार १५ । लमहीमा बाताबरणिय गाउँनगर सरसफाई कार्यक्रम अन्तर्गत फोहर संकलन गर्ने डष्टबिन प्रदान गरिएको छ ।लमही खानेपानिको आयोजना तथा डिभिजन बन कार्यालय देउखुरीको आर्थिक सहयोगमा लमहीका बिभिन्न संघ संस्थालाई डष्टविन आइतबार प्रदान गरिएको हो ।

डिभिजन बन कार्यालय देउखुरीका प्रमुख प्रबिण बिडारीले देउखुरी बहुमुखी क्याम्पस र आर्दश नमुना माध्यमिक बिधालयलाई तीन– तिन थान , सत्यसाई केन्द्र लमहीलाई एक थान, ब्रम्हकुमारी ईश्वरीय बिश्वबिधालय ओम शान्तिलाई दुई थान, लमहीमा रहेका रेडियो हाईवे, रेडियो देउखुरी र रेडियो नयाँ युग, मनकामना महिला बचत तथा ऋण सहकारी सस्था, बिर भक्ति थापा स्मृति पार्क , लमही नगरपालिका स्तरिय जेष्ठ नागरिक सजाल , ईलाका प्रशासन कार्यालय लमही, वडा प्रहरी कार्यालय लमहीलाई दुई थान र अन्यलाई एक एक थान गरि २१ थान फोहर सकलन गर्ने डष्टबिन उपलब्ध गराईएको हो ।

कार्यक्रममा डिभिजन बन कार्यालय देउखुरीका प्रमुख प्रबिण बिडारीले डिभिजन बन कार्यालय देउखुरीले बन सगै जैबिक बिबिधता र बाताबरण सरसफाईको क्षेत्रमा काम गर्दै आएको र स्थानीय सरकारले यस प्रति ध्यान दिनु पर्ने बताए । बिडारीले सार्बजनिक निकाय सग सहकार्य गरेर बन वाताबरण र जैबिक बिबिधताको क्षेत्रमा कृयाशिल रहने समेत प्रतिबद्धता ब्यक्त गरे । लमही खानेपानिका अध्यक्ष दन्डिराम चौधरीको अध्यक्षता तथा डिभिजन बन कार्यालय देउखुरीका प्रमुख प्रबिण बिडारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

बक्ताहरुले स्वास्थ्य र सरसफाई मानब जिबनको प्राण भएकोले आफ्नो प्राण जोगाउन सबैले आफ्नो ब्यक्तिगत, घरायसी र वाताबरणिय क्षेत्रको सरसफाईमा ध्यान दिन जरुरी रहेको बताएका थिए । संस्थाकी उपाध्यक्ष लिलाशाहको बिषय प्रबेश तथा स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा लमही नगरपालिका स्तरिय जेष्ठनागरिक सजालका अध्यक्ष जागेश्वर शर्मा घिमिरे, भक्तिथापा स्मृति पार्कका अध्यक्ष निमबहादुर थापा, रेडियो हाईवेका प्रबन्ध निर्देशक केपि घिमिरे लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण लमही खानेपानीका सचिब सनम कुमार पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २०७७ असार १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *