२०८१ फाल्गुन २ गते शुक्रवार

तुलसीपुरको प्रतापकोटमा टिमुरका विरुवा रोपियो

तुलसीपुर, असार १४ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ प्रतापकोटमा आइतवार टिमुरका विरुवा रोपिएको छ । मावि प्रताप कोटको जग्गामा १ हजार ८ सय टिमुरका विरुवा रोप्न आइवारदेखि सुरु भएको छ । राष्ट्रिय बृक्षारोपन दिवसको अवसर पारेर जिल्लाका पहाडी क्षेत्रमा १ लाख टिमुरका विरुवा रोप्ने उदेश्यका साथ अभियानको सुरुवात गरिएको हो ।

पहाडी क्षेत्रहरुलाई टिमुरको पकेट क्षेत्रका रुपमा विकाश गरेर आयआर्जन बृद्धि गर्न र सर्वसाधारणको जीवनस्तर उकास्न टिमुरका विरुवा रोप्ने अभियानको थालनी गरिएको छ ।पहाडी क्षेत्र टिमुरका लागि उपयुक्त मौसम हुनुका साथै व्यवसायिक दृष्टिले पनि मनग्ये आम्दानी हुने भएकाले टिमुर खेतिलाई प्राथमिकतामा राखिएको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वताए ।

उनले टिमुर उत्पादनका लागि पहिलो चरणमा तुलसीपुरको प्रतापकोट र छिल्लीकोटलाई प्राथमिकतामा राखिएको जानकारी दिए । ‘हलो र थलो गर्ब हो,’ मेयर पाण्डेले भने ‘ पहाड जीवनको केन्द्र हो र पर्यटनको केन्द्र हो भन्ने बनाउनु छ।’उनले विदेशवाट फर्किएकाहरुलाई रोजगारी सृजना गर्न र आफ्नै ठाउँमा आम्दानीका स्रोत बढाउन टिम्मुर खेति अति आवश्यक रहेको तर्क गरे ।

‘कोरोनाका कारण हलो र थलो खोजेर आउनेहरुलाई हामीले अवसर सृजना गर्नुपर्दछ’ उनले भने ‘टिमुरे खेती रोजगारी सृजना गर्ने गतिलो माध्यम वन्न सक्छ।’ नगरप्रमुख पाण्डेले पहाडलाई समृद्धिसँग जोडेर गरिबी हटाउने कुरा वताए । कार्य क्रममा डिभिजन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले तुलसीपुरको पहाडी क्षेत्रख टिमुर खेतिको लागि अति नै उपयुक्त भएको हुँदा त्यसलाई टिमुर पकेट क्षेत्रका रुपमा विकाश गरिने बताए । उनले एउटै बोटबाट एकै वर्षमा ३ हजारसम्म कमाउन सकिने भन्दै पहाडका ठाँडा पाखामा हरेक किसानले एक सय टिमुरका बोट लगाए बार्षिक ३ लाख रुपैंया सहजै आम्दानी हुने बताए ।

ज्ञवालीले यो वर्ष मात्रै जिल्ला वन कार्यालयले १ लाख टिमुरका विरुवा रोप्ने तयारी गरेको जानकारी दिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै पारिवारीक निजी वन संघ नेपालमा उपाध्यक्ष मेघराज भुषालले प्रतापकोटलाई टिमुरको हवका रुपमा विकास गर्नका लागि संघले कार्यक्रम ल्याएको जानकारी दिए । उनले त्यस क्षेत्रमा १५ हजार टिमुरका विरुवा लगाउने तयारी बताए । संघका जिल्ला अध्यक्ष पदम केसीले. किसानहरुलाई टिमुर खेति तर्फ आकर्षित गर्नका लागि निशुल्क वितरण गरिएको जानकारी दिए । कार्यक्रमको सहजिकरण सचिव भिमार्जुन रेग्मीले गरेका हुन ।

प्रकाशित मिति : २०७७ असार १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *