२०८१ पुष २९ गते सोमवार

तुलसीपुरको खाद्रेमा पनि सलह आइपुग्यो


तुलसीपुर,असार १४ । दाङको तुलसीपुरमापनि विनानकारी किरा सलह आइपुगेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ खाद्रेमा आइतवार सलहको एउटा झुण्ड फेला परेको छ ।स्थानीयले केही सलह नियन्त्रणमा लिएर कृषि सम्वन्धि प्राविधिकहरुलाई देखाएपछि त्यो सलह नै भएको पुष्टि भएको छ । कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले कृषकले समातेको किरा केन्द्रमा परीक्षणको लागि पठाउँदा त्यो सलह नै भएको पुष्टि भएको जानकारी दिए ।

खाद्रेमा बिछुट्टिएर एक डेढ सयको संख्यामा सलह आइपुगेको भन्ने खवर स्थानीयले गरेको धितालले जानकारी दिए । तर उनले आफुहरु दिउँसोमा पुग्दा सलह फेला नपरेको पनि उनले बताए । ‘ खाद्रेमा वन जंगल धेरै भएको हुँखा सायद त्यो जंगलमा पनि गएको हुन सक्छ,’ धितालले भने ‘ हामी जंगलमा खोज्न भए गएनौं।’तुलसीपुर उपमहानगरपालिका कृषि विकाश शाखाका प्रमुख धनबहादुर गौतमले आफुहरुले खाद्रेमाबाट स्थानीयले समातेका सलह किरा आधा दर्जन जति डिब्बामा राखेर ल्याएको बताए ।

किसानलाई सलह चिनाउन आफुहरुले डिब्बामा राखेर ल्याएको उनले बताए । धानको व्याडलाई जोगाउन झुल लगाउन, कुनै ध्वनी आवाज निकाल्ने कुराहरु बजाउन, व्याड र मकै बारीको छेउमा धुँवा आउने गरि आगो बाल्न आग्रह गरिएको गौतमले बताए । सलह घाम लागेको समयमा बढी सक्रिय हुने हुँदा नियमति रुपमा खेतवारीको अवलोकन गर्न आग्रह गरिएको उनले बताए । बजारमा किन्न पाइने मालाथिन र क्लोरपाईरिफोस नामक विषादी दूई ग्राम प्रतिलिटर पानीको दरले मिलार छरेर पनि सलह मार्न सकिने उनले बताए । त्यस्तै निम जन्य विषादी छरेर पनि सलह नष्ट गर्न सकिने उनले बताए । जिल्लाका अरु स्थानमा भने सलह देखिएको खवर प्राप्त भएको छैन ।

प्रकाशित मिति : २०७७ असार १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *