असार १४ । आज देशका केही ठाउँमा ठूलो पानीपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५ का केही ठाउँमा ठुलो पानीपर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज देशभर नै पानीपर्ने सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका अधिकांस ठाउँहरुमा मेघगर्जनसहित ठुलो पानीपर्न सक्ने महाशाखाले जनाएको छ ।
ठुलो पानीपर्ने क्षेत्रका नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र ढल तथा पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज राति पनि प्रदेश १, प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठुलो पानीपर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
