दाङ,असार १४ । दुर्घटनामा परि बुटवलमा एक पत्रकारको मृत्यु भएको छ । न्युज २४ टेलिभिजनका रिपोटर कृष्णबाबु पाण्डेको शनिबार राति आफैले चलाएको कार दुर्घटनामा परि मृत्यु भएको छ । पत्रकार पाण्डेले चलाएको बा ७ च ६९५९ नम्बरको कार सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा सडक खण्डको तिलोत्तमा वडा नं. १ स्थित ड्राइभर टोलको सडक रेलिङमा ठोक्किएको थियो ।
गम्भीर घाइते उनको उपचारका क्रममा बुटवल चौराहा अस्पतालमा मृत्यु भएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका बिर्घा निवासी ३० बर्षीय पाण्डे पछिल्लो १० वर्षदेखि बुटवलमा बस्दै आएका थिए ।
प्रकाशित मिति : २०७७ असार १४ गते आइतवार