२०८१ बैशाख ७ गते शुक्रवार

शनिवार घोराहीमा २९, बंगलाचुलीमा २ र बबईमा १ जना संक्रमित थपिए


तुलसीपुर , असार १३ । दाङमा शनिवार थप ३२ जनामा कोरोना संक्रमन फेला परेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा घोराहीमा उपमहानगरपालिकामा २९ जना , बंगलाचुलीमा २ र बबई गाउँपालिकामा १ जनामा संक्रमन फेला परेको हो । यो संगै दाङमा कुल संक्रमितको संख्या ४८७ पुगेको छ ।

घोराही ९ मा ३९बर्षीय एक पुरुष, घोराही ४ मा १७ देखि ४५ बर्ष उमेर समुहका १४ पुरुष र २८ र ४१ बर्षीया दूई महिला, घोराही २ मा १८ देखि ४६ बर्षका चार पुरुष र ४३ बर्षीया एक महिला, घोराही ४ मा २३, ३२ र ३६ बर्षका तीन पुरुष, घोराही ९ मा २२ र ३६ बर्षका दूई पुरुष, घोराही १४ मा ४३ बर्षका एक पुरुष र घोराही १७ मा २० बर्षका एक पुरुषमा संक्रमन फेला परेको छ ।

त्यस्तै बंगलाचुली गाउँपालिका वडा नं. ५ मा ५२ बर्षका र वडा नं. ६ मा ३२ बर्षका पुरुषमा संक्रमन फेला परेको छ । त्यसैगरी बबई गाउँपालिका वडा नं. ३ का २९ बर्षीय एक पुरुषमा पनि संक्रमन फेला परेको छ । शनिवार थप ११ जना उपचारपछि घर फर्किएको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७७ असार १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *