बुटवल, असार १३ । रूपन्देहीको बुटवल क्षेत्रमा सलह कीरा देखापरेको छ । शनिबार दिउँसो बुटवल आसपास क्षेत्रहरु गोलपार्क, सुख्खानगर, शिवनगरमा सलह देखिएपछि स्थानीयले बताएका छन् ।
प्रदेश नम्बर ५ मा सलह आइपुगेपछि किसान चिन्तित बनेका छन् ।शनिवार विहान भारतसंग सीमाना जोडिएका बारा, पर्सा लगाएका जिल्लाहरुमा सलह देखिएको थियो । सलह कीराले बोट विरुवा तथा किसानले लगाएको बाली सखाप पारीदिने गर्छ ।
प्रकाशित मिति : २०७७ असार १३ गते शनिवार