दाङ,असार १३ । सल्यानको कालिमाटीमा ७७ बर्षीय एक जेष्ट नागरिकको पहिरोले पुर्दा मृत्यु भएको छ ।कालिमाटी गाउँपालिका वडा नं. ६ सिरेनी निवासी ७७ बर्षीय डिल्लीबहादुर आलेको पहिरोले पुर्दा मृत्यु भएको छ । घाँस काट्ने क्रममामाथिबाट झरेको पहिरोले आलेको कम्मरदेखि माथिको भाग पहिरोमा पुरेपछि मृत्यु भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले आले असार ९ गते घरदेखि घाँस काट्न भनि गएको र डाँङडुङेखोला किनारमा पहिरोले ढाड भन्दा माथिको भाग पुरेको अवस्थामा शव फेला परेको जानकारी दिए ।
आलेको शव शुक्रवार फेला परेको थियो । तर प्रहरीलाई घुँईयाबारीबाट घटनास्थल डाँङडुङे खोला पुग्न पैदल ६ घन्टा बढी समयलागेको हुँदा शनिवार मात्रै प्रहरी घटनास्थल पुगेको एसपी खतिवडाले जानकारी दिए । प्रहरी पुगेर मुचुल्का बनाएर शव उठाउने तयारीभइरहेको खतिवडाले बताए ।