दाङ, असार १३ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा शुक्रवार गरिएको पिसिआर परीक्षणको क्रममा प्यूठान जिल्लामा थप १९ जना संक्रमित फेला परेका छन् ।
जिल्लाको झिम्री ५ मा १६,२१ र ३९ बर्षका पुरुष, प्यूठान २ का ३५ बर्षका पुरुष, ऐराबती १ का १४, १८, १८, १८, १९ , १९ र २७ बर्षका पुरुष, वडा नं. २ का ३६ बर्षका एक पुरुष र उमेर नखुलेका अर्का एक पुरुष, मल्लरानीका ३८ बर्षका पुरुष, एराबती ४ का २८,३३ र ५७ बर्षका पुरुष, एराबती ६ का १८ र २३ बर्षका पुरुष, एरावतीकै ३७ बर्षका एक पुरुषमा संक्रमन फेला परेको प्रतिष्ठानले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ असार १३ गते शनिवार
