२०८१ फाल्गुन ६ गते मङ्गलवार

आज देशका केही ठाउँमा ठूलो पानी पर्ने

असार १३। आज देशका केही ठाउँमा ठुलो पानीपर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जनाए अनुसार प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केहि ठाउँमा ठुलो पानीपर्ने सम्भावना रहेको छ । आज देशका अधिकांश ठाउँमा मेघ गर्जनसहित चट्याङ र पानीपर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।

आज राति देशका सबै ठाउँमा मेघ गर्जनसहित चट्याङ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार धेरै ठाउँमा ठुलो पानीपर्ने र पानीपर्ने ठाउँका नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७ असार १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *