तुलसीपुर, असार १३ । दाङमा सडकमा मागेर हिड्ने एक महिलाको मृत्यु पछि कोरोना संक्रमन पुष्टि भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ ट्राफिक चोकमा बस्दै आएकी एक ३० देखि ३५ बर्षीया महिलाको मृत्यु भएको दुई दिन पछि उनलाई कोरोना पुष्टि भएको छ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिवाट गरिएको परीक्षण रिपोर्टको नजिता शुक्रवार पोजेटिभ आएको हो । जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काका अनुसार असार १० गते बेलुका साढे ७ बजेतिर अन्दाजी ३५ बर्षीया ती महिलालाई प्रतिष्ठानको गेट नजिकैको ट्राफिक चोकबाट उद्धार गरि उपचारको लागि प्रतिष्ठानमा लगिएको थियो ।
स्थानीयले सडकमा मागेर खाने ती महिला विरामी परेको भन्ने सखवर गरेपछि वडा नं. १५ का वडाध्यक्ष वडाध्यक्ष रमेश पाण्डे र प्रहरी निरीक्षकले उद्धार गरि ती प्रतिष्ठानमा उपचरका लागि पुर्याएको डिएसपी खड्काले बताए । प्रतिष्ठान लगेर उपचार गर्ने क्रममा डेढ घन्टा भित्रै ती ती महिलाको मृत्यु भएको खड्काले जानकारी दिए । ती महिलाको शव प्रतिष्ठानमै रहेको र कार्यविधि अनुसार अन्तेष्टि गर्ने तयारी गरिएको डिएसपी खड्काले बताए ।