दाङ, असार १२ । बाँकेमा मोटरसाईकल दुर्घटनामा परि एक प्रहरी जवान घाइते भएका छन् ।
५ नं. प्रदेश सशस्त्र प्रहरी गण कोहलपुरमा कार्यरत सुरेश थापाले चलाएको लु ५५ प ७५७३ नम्वरको मोटरसाईकल खच्चडलाई ठक्कर दिदा हुँदा पछाडि सवार प्रहरी जवान शैलेन्द्र घर्ती मगर घाइते भएका छन् ।
उनको बाँकेस्थित भेरी अस्पतलामा उपचार भइरहेको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रबक्ता एसएपसी राजकुमार बैदवारले जानकारी दिएका छन् ।
मोटरसाईकलको ठक्करवाट खच्चड भने घटनास्थलमै मरेको प्रहरीले बताएको छ । घटना विहीवार बेलुका सवा ९ बजेतिरको हो ।
प्रकाशित मिति : २०७७ असार १२ गते शुक्रवार