२०८१ माघ १२ गते शनिवार

तुलसीपुरमा जंगली च्याउ खाँदा १४ विरामी

तुलसीपुर, असार १२ । तुलसीपुरमा जंगली च्याउ खाँदा १४ जना विरामी भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा निवासी ३५ बर्षीया विमला विक, उनकी १० बर्षीय छोरा र ११ बर्षीया छोरी, सोही ठाउँका ३६ बर्षीय टेकबहादुर पुन, उनकी ३३ बर्षीया श्रीमति कमला पुन र उनको १९ बर्षीय छोरा टोपेन्द्र पुन विरामी भएका छन् ।

त्यस्तै रानी जरुवा निवासी चिनबहादुर रानाको ५ बर्षीय छोरा र ९ बर्षीया छोरी, सोही ठाउँकी १८ बर्षीया निर्मला घर्ती मगर, सोही ठाउँकै २४ बर्षीया खिमा पुन, सोही ठाउँकै १५ बर्षीया अर्की एक बालिका, सोही ठाउँकै ३५ बर्षीया विपना घर्ती र सोही ठाउँकै कमानसिंह पुनकी १० बर्षीया छोरीपनि जंगली च्याउ खाँदा विरामी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

जंगली च्याउखाँदा तुलसीपुरको रानी जरुवामा बस्दै आएकी सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ३ निवासी १७ बर्षीया अर्की एक किशोरीपनि विरामी भएको प्रहरीले जानकारी दिएको छ ।

विरामी सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनीहरुले जंगलवाट खोजेर ल्याएको च्याउ विहीवार बेलुका ८ बजेतिर पकाएर खाएपछि विरामी भएको प्रहरीले बताएको छ ।

 

 

प्रकाशित मिति : २०७७ असार १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *