दाङ,असार ११ । नेपालमा पछिल्लो २४ घन्टामा ४३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाप्रवक्ता डाक्टर जागेश्वर गौतमल विभिन्न जिल्लामा ती संक्रमित फेला परेको जानकारी दिए ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ। त्यसमध्ये २६५० जना उपचारपछि घर फर्किएका छन् ।यसैबीच विहीवार पोखरा र ललितपुरमा उपचाररत दुई जना पुरूषको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या२६ पुगेको छ।
यसैबीच दाङमा भने विहीवार दाङको राप्ती स्वास्थय विज्ञानमा प्रतिष्ठानमा ६०७ जनाको पिसिआर विधिवाट परीक्षण गर्दा कसैमा पनिसंक्रमन फेला परेन । जिल्लाका तुलसीपुर,घोराही, शान्तिनगर, बंगलाचुली लगाएका ठाउँवाट संकलित ५७७ स्वाबहरु संकलन गरिएकाथिए । ती कसैमा पनि कोराना भेटिएन ।६०७ जना मध्य ३० जना भने सल्यान जिल्लाको कपुरकोट गाउँपालिकाका थिए ।