असार ११। सुदूरपश्चिम प्रदेशमा क्वरेण्टीनबाट घर पठाइएका २ सय ५० भन्दा धेरैमा कोरोना सङ्क्रमण देखिन थालेको छ ।उनीहरुलाई १४ दिन क्वरेण्टीनमा राखेर पीसीआर परीक्षण रिपोर्ट नआउँदै घर पठाइएका थिए ।
कोरोना संक्रमण लक्षण नदेखिएहरुलाई घर पठाउन जेठ २९ गते प्रदेश स्वास्थ्य निर्देशनालयले पालिकालाई निर्देशन दिएको थियो । त्यहि निर्देशन अनुसार ९ जिल्लाका ३५ हजार भन्दा बढी व्यक्तिलाई घर पठाइएको छ ।तर घर पठाएका दुई सय ५० भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
१४ दिनसम्म लक्षण नदेखिएपछि घर पठाएको तर रिपोर्ट पोजेटिभ आएकोप्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। क्वरेण्टीनबाट घर पठाउँदा कोरोना सङ्क्रमण समुदाय स्तरमा फैलिन सक्ने जोखिम बढेको डाक्टरले बताएका छन् ।
प्रकाशित मिति : २०७७ असार ११ गते बिहिवार