२०७८ जेष्ठ २ गते आइतवार

आज देशका केही ठाउँमा भरि वर्षाहुने

असार ११। देशका केही ठाउँमा आज भारी वर्षाहुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुनी वायुको प्रभावले देशभर नै मौसम बदली रहेको छ । प्रदेश १, २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अहिले पानी परिरहेको र सामान्य बदली रहेको वाग्मती र गण्डकी प्रदेशका केहि ठाउँमा दिउँसो भारी वर्षाहुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेश तथा कर्णालीका एक-दुई ठाउँमा भारी वर्षाहुने सम्भावना रहेको महाशाखाले जनाएको छ । भारी वर्षापछि कोशी, नारायणी सहित शाखा नदी, कर्णाली र महाकालीमा पानीको बहाव बढ्नेछ ।

प्रकाशित मिति : २०७७ असार ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *