२०८१ माघ १० गते बिहिवार

युवाहरुले पातुखोलामा सरसफाई गरे


सुशील बस्नेत,
तुलसीपुर,असार १० । तुलसीपुरका युवाहरुले पातुखोलोको सरसफाई गरेका छ्न । बुधबार बिहान युवाहरु स्वस्पूmर्तरुमा जम्मा भएर पातुखोलाको किनारामा सरसफाई गरेका हुन । सरसफाईमा जुटेका युवाहरुले पातुखोला किनारमा रुखहरु रोपेर सुन्दर बनाउने बताएका छन् । तुलसीपुरलाई सुन्दर बनाउने अभियानमा आफु जस्ता युवाहरु जुटेको आहा तुलसीपुर क्लवका अध्यक्ष दीपक काफ्लेले जानकारी दिए ।

‘हाम्रो उदेश्य सुन्दर र आहा कति राम्रो भन्ने बनाउने हो,यो अभियानमा युवाहरु संगठित भएका छौ,’ काफ्लेले भने । फोहर ब्यबस्थापनमा जुटेकी ईशा वलीले तुलसीपुरलाई सफा र सुन्दर बनाउन सबै जुट्नु पर्ने बताइन । तुलसीपुरका सरसफाई अभियान्ता बिमल रिजाल र उनको अभियानमा सहकार्य गर्ने समूहसंग पनि युवाहरु सहकार्य गरेर अगाडि बढ्ने उनले बताइन । आहा तुलसीपुर क्लवमा हालसम्म झण्डै २५ बढी युवा र युवतीको सहभागिता छ ।

प्रकाशित मिति : २०७७ असार १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *