२०८१ माघ १२ गते शनिवार

घोराहीमा भरुवा बन्दुक र कटुवा पेस्तोलसहित एक युवा पक्राउ


तुलसीपुर, असार १० । घोराहीमा एकजना युवाको कोठामा भरुवा बन्दुक र कटुवा पेस्तो बरामद भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १३ लापे निवासी २६ बर्षीय माछे भनिने साजन नेपालीको कोठावाट प्रहरीले १ थान भरुवा बन्दुक, एउटा कटुवा पेस्तोल र भरुवा बन्दुकमा प्रयोग हुने छर्रा २१० थान बरामद भएको प्रहरीले बताएको छ ।

मंगलवार राति १० बजे गोप्य सूचनाका आधारमा नेपालीको कोठमा छापा मार्दा ती हतियारसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिए । पक्राउ परेका नेपाली लापेस्थित गंगाराम नेपालीको घरमा बस्दै आएको डिएसपी खड्काले बताए ।पक्राउ परेका नेपाली विरुद्ध इजाजत विना हातहतियार राख्न वा लिएर हिड्न नहुने कसुरमा मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ असार १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *