दाङ, असार १० । रोल्पा जिल्लासंग सीमाना जोडिएको दाङजिल्लाको दुर्गम तथा पहाडी गाउँपालिका बंगलाचुलीमा मात्रै संक्रिमितको संख्या १३१ पुगेको छ । हालसम्म २१ जना उपचार पछि घर फर्किएका छन् । घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार गरिएको परीक्षणमा बंगलाचुली गाउँपालिकामा मात्रै बुधवार ४२ जनामा संक्रमन फेला परेको छ । दाङका दश स्थानीय तहमध्य सबैभन्दा धेरै पहाडी पालिका बंगलाचुलीमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।उनीहरु सबै वडा नं. २ का हुन । संक्रमित मध्य एकजना वडाध्यक्ष र एक जना स्वास्थ्यस्वएंम सेविका रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक भक्तबहादुर जिसीले जानकारी दिए ।
यो गाउँपालिकामा यसअघि अर्का एक वडाध्यक्ष र वडासदस्यमा पनि संक्रमन फेला परेको थियो । बंगलाचुलीमा मात्रै दूई वडाध्यक्ष र एक जना सदस्य गरि तीन जना जनप्रतिनिधिमा संक्रमन फेला परिसकेको छ । केहीदिन पहिले मात्रै बंगलाचुलीको क्वारेन्टिनमा बसेका प्यूठानका एक युवाको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । यद्यपी उनको रिपोर्ट भने नेगेटिभ आएको थियो । दश दिन पहिले संक्रमित रिपोर्टको नतिजा नेगेटिभ आएको भएपनि उनको अन्तिम संस्कार भने कारोना कार्यविधि अनुसार नै गरिएको थियो । यो संगै जिल्लामा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या भने १३ पुगेको छ ।दाङमा कोरोना संक्रमितको संख्या ३ सय ८० जना पुगेको छ। त्यसमध्य ९३ जना उपचार पछि घर फर्किएका छन् ।