२०८१ चैत्र ९ गते शनिवार

बुधवार बंगलाचुलीमा ४२ र घोराहीमा ३४ संक्रमित थपिए


तुलसीपुर, असार १० । दाङमा बुधवार हालसम्मकै सबैभन्दा धेरै संक्रमित फेला परेका छन् । जिल्लामा एकैदिन ७६ जनामा कोरोना भाइरसको संक्रमन फेला परेको छ । योसँगै दाङमा कोरोना संक्रमितको संख्या ३ सय ८० जना पुगेको छ। घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार गरिएको परीक्षणमा बंगलाचुली गाउँपालिकामा ४२ जना र घोराही उपमहानगरपालिकामा ३४ जनामा संक्रमन फेला परेको हो ।

बंगलाचुली गाउँपालिकाको वडा नं. २ मा मात्रै बुधवार ४२ जनामा संक्रमन फेला परेको छ ।
जसमा एक ५ बर्षीय बालक र ७ बर्षीया बालिकापनि रहेकी छन् । त्यस्तै घोराही उपमहानगरपालिका वडा नं. १ मा पनि २५ जनामा संक्रमन फेला परेको छ । घोराही वडा नं. ४ मा ४ जना, वडा नं. ५ का ४ जना र घोराही १५ मा थप एक जनामा कोरोना संक्रमण भेटिएको छ । बुधवार फेला परेका नयाँ संक्रमितहरु ५ बर्षदेखि ५७ बर्ष उमेर सम्मका रहेका छन् ।

प्रकाशित मिति : २०७७ असार १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *