२०७८ जेष्ठ ४ गते मङ्गलवार

तुलसीपुरमा सडकका खाल्डा पूर्दै ट्राफिक प्रहरी


तुलसीपुर, असार ९ । तुलसीपुर बजार क्षेत्रमा परेका सडकका खाल्डा खुल्डी पूर्न ट्राफिक प्रहरी खटिएको छ । मंगलवार ट्राफिक प्रहरीले तुलसीपुर उपमहानगरपालिकाको टिप्पर प्रयोग गरि बजार क्षेत्रको सडकका खाल्डा खुल्डी पूर्न सुरु गरेको हो ।ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव निरीक्षक नन्दकुमार पोखरेलले जिल्ला प्रहरी कार्यालयको निर्देशनमा सडकका खाल्डा खुल्डी पूर्ण सुरु गरेको जानकारी दिए । उनले मंगलवार ५ जना ट्राफिक प्रहरी उक्त कार्यमा खटिएको बताए ।

बजार क्षेत्रका सडक र राजमार्गमा परेका खाल्डा खुल्डी पूर्ण निर्देशन भए बमोजिम आफुले ट्राफिकलाई खाल्डा खुल्डी पठाउनु परेको जानकारी दिए । ‘यो काम त हाम्रो होइन,तैपनि निर्देशन त पालना गर्ने प¥यो,’पोखरेलले भने ‘सडकका खाल्डा खुल्डी पूर्ण कति दिन लाग्छ थाहाँ छैन।’ उनले सामाजिक कार्य भएको हुँदा आफुहरुलाई काम गर्न समस्या भने नभएको बताए ।

सडकमा खाल्डा खुल्डी भएर दुर्घटनाको जोखिम बढेको भन्दै जिल्ला प्रहरीकार्यालय बाट आफुहरुलाई खाल्डा खुल्डी पूर्ण कार्यमा खटिन निर्देशन भएको प्रहरी नायव निरीक्षक पोखरेलले जानकारी दिए । सडकले गर्नुपर्ने काम ट्राफिक प्रहरीले गरेको देख्दा बजारबासी भने आश्चर्य व्यक्त गरिरहेका थिए ।

ट्राफिक प्रहरीले त्यसरी सडकमा खाल्डाखुल्टी पुरीरहेको खवर पाएलगत्तै त्यहाँ पुगेका वार्ड नं. ५ का वडा अध्यक्ष विरेन्द्र शाहले ट्राफिक प्रहरीलाई यो काम उपमहानगरपालिकाको भएको र भोलिनै उपमहानगरवाट सडकका खाल्टाखुल्टी सम्याउने काम हुने जानकारी दिदै सडकको काममा नलाग्न सुझाएका थिए ।

ट्राफिक प्रहरीको आफ्नै जिम्मेवारी रहेको र असिना पसिना भएर त्यसरी सडकको काममा ट्राफिक प्रहरी खटिदा आफुलाई चित्त नवुझेको वडा अध्यक्ष शाहले वताए । उनले उपमहानगर को जिम्मेवार फाँटमा यसवारे जानकारी गराएको पनि वताए ।

प्रकाशित मिति : २०७७ असार ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *