२०८२ बैशाख ११ गते बुधवार

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुग्यो


दाङ, असार ९ । नेपालमा मंगलबार ५ सय ३८ कोरोनाका संक्रमित थपिए संगै कुल संक्रमितको संख्या १० हजार नाघेको छ । मंगलवार सम्म कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ३८ संक्रमित थपिएको र ७६ जना निको भएर घर फर्किएको जानकारी दिए ।

मंगलवार ६८ पुरुष र ८ महिला विभिन्न अस्पतालहरुबाट डिस्चार्ज भएर घर गएको उनले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।उनले मंगलवार सम्म कुल २ हजार २ सय १८ जना उपचारपछि घर फर्किएको जानकारी दिए । नेपालमा मंगलवार सम्म कोरोना भाइरसका कारण २४ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ असार ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *