लिालधर वली,
घोराही, असार, ९ । क्वारेन्टिनमा बसेकाहरु राप्ती स्वास्थ्य प्रतिष्ठानमा गएर पर्दशन गरेका छन् ।कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाई भएको भन्दै क्वारेन्टाइनमा बसेकाहरु प्रतिष्ठानमा गएर नारावाजी गरेका छन् । घोराही उपमहानगरपालिका–१८ स्थित रझेना माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेकाहरुले सोमवार प्रतिष्ठान अगाडि नारावाजी गरेका हुन ।
स्वाव संकलन गरेको दुई हप्ता बढी समय वित्दा पनि कोरोना परीक्षणको रिपोर्ट नआएपपछि क्वारेन्टिमा बसेकाहरु साँझ ६ बजेतिर प्रतिष्ठानको गेटमा पुगेर नारावाजी गरेका छन् । भारतबाट फर्किएको महिनादिन भन्दा बढी समय क्वारेन्टाइनमा बस्दा पनि कोरोना परीक्षणको रिपोर्ट नदिएको भन्दै ५० जनाको समूह आन्दोलन गर्दै प्रतिष्ठानको गेटसम्म पुगेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता सुमित खड्काले जानकारी दिए । रझेना स्थीत क्वारेन्टाइनबाट निस्केर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट आइपुगेका उनीहरुलाई प्रहरीले सम्झाई बुझाई गरेर पुनः क्वारेन्टाइनमा पठाएको छ ।
आन्दोलना उत्रिएका उनीहरुले ‘कि हामीलाई रिपोर्ट दे, कि घर जान दे’,‘मान्छेलाई पशु सरह व्यवहार नगर’,‘क्वारेन्टाइनलाई व्यवस्थित गर’,‘समस्या समाधानका लागि वडा अध्यक्ष पहल गर’भन्दै नारावाली गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष भरतमणि अर्यालले क्वारेन्टाइनमा आफुले सम्झाई बुझाई गरेपनि उनीहरु नमानेर प्रतिष्ठानमा बुझ्न भनेर गएको जानकारी दिए।
वडा अध्यक्ष अर्यालले अहिले उनीहरु फर्किएर क्वारेन्टाइनमा बसेको जानकारी दिए । प्रतिष्ठानमा अझै परीक्षणको प्रक्रियामा तीन हजार ४ सय ९२ स्वावहरु रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शाखा अधिकृत रोशन आचार्यले जानकारी दिएका छन् । प्रतिष्ठानमा दुई वटा पिसिआर मेसिन सञ्चालनमा आएपनि ल्यावमा काम गर्ने जनशक्ति विरामी भएको हुदाँ कोरोना परीक्षणमा ढिलाई भएको उनले बताएका छन् ।