२०७८ बैशाख २५ गते शनिवार

दाङमा डेढ बर्षीया बालिकादेखि ७० बर्षीय जेष्ठ नागरिक समेत कोरोना जितेर घर फर्किए

तुलसीपुर, असार ९ । दाङमा मंगलवार सम्म ९२ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । जिल्लाका विभिन्न स्थानका आइसोलेसनमा उपचार पछि उनीहरु घर फर्किएको जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले फरककोणलाई जानकारी दिए ।

उनका अनुसार सबै भन्दा धेरै घोराही उपमहानगरपालिकाबाट ४४ जना उपचार पछि कोरोना मुक्त भएर घर फर्किएका छन् ।

त्यस्तै बंगलाचुली गाउँपालिकाका २१, लमही नगरपालिकाका १०, गढवा गाउँपालिकाका ८, तुलसीपुर उपमहानगरपालिकाका ६, राप्ती गाउँपालिकाका २ र बबई गाउँपालिकाका १ जना गरि कुल ९२ जना उपचार पछि घर गएका छन् ।

हालसम्म तुलसीपुरको बेलझुण्डी स्थित कोरोना विषेश अस्पतालवाट मात्रै ६९ जना डिस्चार्ज भएर घर गएको अस्पतालका हेल्थ असिष्टेन्ट द्रोर्ण वलीले जानकारी दिए ।

यो अवधिमा डेढ बर्षीया बालिकादेखि ७० बर्षीय जेष्ट नाागरिक समेत कोरोना जितेर घर फर्किएका छन् । सोमबार डिस्चार्ज हुनेमध्ये बंगलाचुली गाउँपालिकाका एकजना ७० वर्षीय एक जेष्ठ नागरिक थिए । वलीले यसअघि जेठ ५ गते घोराही उपमहनगरपालिका वडा नं. १ निवासी डेढ वर्षीया एक बालिका पनि कोरोना जितेर अभिभावक संगै घर फर्किएको जानकारी दिए ।

छिमेकी देश भारतबाट आएका उनका अभिभावकसँगै ती बालिका पनि उपचारपछि निको भएर घर फर्किएको वलीले बताए ।

वलीले जेठ २२ गते यता १४ दिन आइसोलेनमा बसेका र कुनै लक्षण नदेखिएकालाई समेत चेकजाँच नगरी घर पठाउँदै आएको जानकारी दिए। दाङका हालसम्म २८५ जनामा संक्रमन फेला परेको छ ।

 

 

 

प्रकाशित मिति : २०७७ असार ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *