दाङ, असार ९ । पाल्पामा पहिरोमा परि मृत्यु भएका तीन जनाको सनाखद भएको छ । सोमवार तानसेन नगरपालिका ११ सम्मोबारीमा पहिरोमा पुएिका मध्य पाल्पाका रिव्दीकोट गाउँपालिका २ देउरालीका ३२ वर्षीय भुवन खाम्चा, कार्भे पाचखाल नगरपालिका ८ हुम्के बजार निवासी निवेश श्रेष्ठ र चितवन भरतपुर महानगरपालिका २९ बाङ्गेसालका २३ वर्षीय वीरबहादुर गुरुङ रहेको ५ नं. प्रदेश प्रहरी प्रबक्ता राजकुमार बैदवारले जानकारी दिए ।
सोमवार बेलुका ५ बजेतिर झरेको पहिरोका कारण घटनास्थमै २ जनाको र मिसन अस्पतालमा उपचारको क्रममा थप एकजनाको मृत्यु भएको एसएसपी बैदवारले जानकारी दिए । पहिरोमा लु १ क १९२८ टयाक्टर, लु २ ख १३७६ नम्बरको ट्रक, लु १ च ७०४३ नम्बरको बलेरो र लु १ च ७०११ नम्बरको कार पहिरोमा पुरिएको अवस्थमा फेला परेको एसएसपी बैदवराले जानकारी दिए । अहिले स्काभेटरले पहिलो पञ्छाएपछि एकतर्फी रुपमा सवारी साधन सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।