तुलसीपुर ,असार ८ । दाङमा थप १३ जना नयाँ संक्रमित थपिएका छन् । सोमवार फेला परेका नयाँ संक्रमित सबै घोराहीका हुन ।
जसमा १२ पुरुष र १ महिला रहेका छन् । घोराही उपमहानगरपालिका वडा नं. २ मा १७,२२ र ३८ बर्षका ती पुरुष, वडा नं. ३ मा २३ र ३० बर्षका दूई पुरुष, वडा नं. ६ मा १६, २३,२३,२५,३२, ३७ बर्षका पुरुषहरु र १९ बर्षीया एक किशोरी र वडा नं. ५ मा ३१ बर्षका एक पुरुषमा संक्रमन फेला परेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको पिसिआर परीक्षणमा सोमवार उनीहरुमा संक्रमन भेटिएको हो । यो संगै दाङका मात्रै २८५ जनामा कुल संक्रमित फेला परेका छन् । सोमवार दाङमा ५ जना डिस्चार्ज भएर घर गएका छन् ।
त्यसमध्ये बंगलाचुली गाउँपालिकाका एकजना ७० बर्षीय जेष्ट नागरिकले समेत कोरोना जितेर घर फर्किएका छन् ।
प्यूठानका १९ बर्षीय एक किशोर पनि डिस्चार्ज भएर घर गएका छन् । सोमवार कोरोना मुक्त भएर घर फर्किएका सबै पुरुष हुन ।