२०८१ माघ १२ गते शनिवार

नेपालगञ्जमा नाला खन्दा शिव भगवानको चाँदीको मुर्ती फेला पर्यो

तस्विर – शुक्रऋषि चौलागाँईको फेसबुवाट

दाङ, असार ८ । नेपालगञ्जमा स्काभेटरले खनेको फोहरको नालामा शिव भगवानको चाँदीको मुर्ती फेला परेको छ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ गगनगंजमा स्काभेटरले खनेको फोहरको नालामा बालबालिकाले चाँदी जस्तै देखिने ६÷७ किलोको मुर्ती फेला परेको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रबक्ता एसपी राजकुमार बैदवारले जानकारी दिएका छन् ।

डोजरले खनेको नालामा बालबालिकाले खेल्ने क्रममा उक्त मुर्ती फेला पारेको नेपालञ्ज वडा नं. ७ का वडाध्यक्ष जमुन खाँले जानकारी दिए । स्थानीय केही सुनारहरुलाई झिकाएर मुर्ती चेकजाँच गरिएको र धेरैले मुर्ती चाँदीकै भएको भन्ने दाबी गरेको अध्यक्ष खाँले जानकारी दिए ।

आइतवार बेलुका फेला परेको उक्त मुर्तीलाई नेपालगञ्जका मेयर डा. धवलसम्शेर जवरा, वडा नम्वर ७ का वडाध्यक्ष जमुन खाँल र स्थानीयको रोहवरमा स्थानीय राम जानकी मन्दिरमा राखिएको छ ।

विवाद नहोस भनेर तत्कालका लागि मन्दिरमा राखिएको भएपनि केही समय पछि त्यो मुर्तीलाई नियम अनुसार प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिने खाँले जानकारी दिए ।

 

 

प्रकाशित मिति : २०७७ असार ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *