२०८१ बैशाख १५ गते शनिवार

क्वारेन्टिनबाट फर्किएपछि मृत्यु भएकाको कोरोना रिपोर्ट नेगेटिभ

सुर्खेत,असार ८ । सुर्खेतको भेरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट फर्किएपछि मृत्यु भएका व्यक्तिमा कोरोनाभाइरसको रिपोर्ट नेगेटिभ देखिएको छ।

भेरीगंगा–५ भर्लेनीका एक युवकको आइतबार बिहान मृत्यु भएको थियो। छिन्चुमा रहेको शारदा माविमा रहेको क्वारेन्टिनमा १४ दिन बसेका उनी जेठ २९ गते घर फर्किएका थिए।

मृत्युपछि उनको स्वाब लिएर प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा पिसिआर गरिएको थियो। उनको रिपोर्ट नेगेटिभ आएको भेरीगंगा नगरपालिकाका उपमेयर रेणु ढकालले जानकारी दिइन्।

क्वारेन्टिनमा आरडिटी गर्दा उनमा कोरोना नेगेटिभ देखिएपछि घर पठाइएको थियो। उपमेयर ढकालका अनुसार उनी जेठ १६ गते भारतबाट फर्किएका थिए।

 

 

प्रकाशित मिति : २०७७ असार ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *