असार ८। आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र प्रदेश ५ का केही ठाउँमा भारी वर्षाहुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अरु ठाउँमा पनि सामान्यदेखि मध्यम वर्षा हुनेछ ।
भारी वर्षा हुने ठाउँका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज दिनभर नै पानी पर्ने मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ । यस्तै आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा समान्य बदली हुनेछ भने बाँकी प्रदेशमा पूर्ण बदली हने मौसमविदले बताएका छन् ।
यस्तै प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही ठाउँमा र प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।