२०८१ माघ २६ गते शनिवार

गण्डकी प्रदेशमा थप २० जना काेराेना संक्रमित थपिए


असार ८ । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमितहरु स्याङ्जाका १२ र नवलपरासी(पुर्व)का  ८ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५ सय ४० पुगेको छ ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा ८ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ६ वर्षका बालक १ जना र सात वर्षका बालक ३ जनासमेत रहेका छन् । त्यस्तै स्याङ्जाकै कालीगण्डकी गाउँपालिकामा १४ र १८ वर्षका २ जना युवामा पनि कोरोना पुष्टि भएको छ । नवलपरासी (पुर्व ) बौदिकाली गाउँपालिकामा ८ जना कोरोना संक्रमित फेला परेका छन् । उनीहरु सबै पुरुष भएको र उनीहरुको उमेर १८ वर्षदेखि ५० वर्ष  रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले जारि गएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संक्रमित उनीहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरूलाइ सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असार ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *