दाङ, असार ७ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थप एकजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमन फेला परेको छ । शुक्रवारमात्रै प्रतिष्ठानमा कार्यरत एक चिकित्सक, दूई नर्स र एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमन फेला परेको थियो ।
त्यसपछि प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा कर्मचारी गरि २२४ जनाको स्वाब संकलन गरि पिअिसार विधिवाट परीक्षणका क्रममा २५बर्षीय अहेभलाई आइतवार संक्रमन भेटिएको स्रोतले बताएको छ ।चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा संक्रमन फेला परेपछि प्रतिष्ठानदूई दिनका लागि सिल गरिएको छ ।
प्रकाशित मिति : २०७७ असार ७ गते आइतवार