दाङ, असार ७ । तुलसीपुरमा एक प्रहरी जवानको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय सुनवलमा कार्यरत २७ वर्षीय प्रहरी जवान जितेन्द्र चौधरीको आइतवार दिउँसो उपचारका क्रममा राप्ती प्रादेशिक अस्प्ताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार प्रहरी जवान चौधरी सवार लु ५८ प १८४३ नम्बरको मोटरसाइकललाई रा १ त ७५७ नम्बरको ट्याक्टरले तुलसीपुर उपमहानगरपालिका वडा नं. २ कुमलगडी भन्ने ठाउँमा मध्यान्ह १२ बजेतिर ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए ।
घाइतेको उद्धार गरि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल ल्याएको भएपनि उनको उपचारका क्रममा मृत्यु भएको डिएसपी सिंहले जानकारी दिए । प्रहरी जवान चौधरी काम विषेशले तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गर्दा विपरित दिशावाट आइरहेको ट्याक्टरले उनलाई ठक्कर दिएको थियो । ट्रयाक्टर चाल ऋषिराज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीव्र गतिका कारण उक्त दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ ।