२०८१ चैत्र १३ गते बुधवार

एक तोला सुनको मूल्य ९० हजार नाघ्यो

काठमाडौं, असार ७ । नेपाली बजारमा सुनको मूल्य बढेर तोलाको ९० हजार बढी भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य तोलाको ९० हजार ६ सय रुपैयाँ पुगेको छ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि संसारभर बढीरहेको सुनको मूल्यको नेपालमा भने कर बढेपछि झनै आकाशिएको थियो।

असार ५ गते तोलाको ८९ हजार ९ सयमा कारोबार भएको सुन आज सात सय रुपैयाँ बढेर कारोबार भइरहेको छ।

महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ।

असार ५ गते तोलाको ९ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँ बढेको छ।

 

 

प्रकाशित मिति : २०७७ असार ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *