२०८१ बैशाख १० गते सोमवार

विद्युत सर्ट भइ गोठमा आगो लाग्दा भैंसी जलेर मर्यो

तुलसीपुर, असार ७ । गोठमा आगो लाग्दा एउटा भैंसी जलेर मरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ शिवपुर निवासी लिलाधर खड्कोको गोठमा आगलागी हुँदा भैंसी जलेर मरेको छ । शनिवार राति साढे १० बजेतिर विद्युत सर्ट भइ आगो लाग्दा खड्काको टिनको छानायुक्त गोठमा लागलागी भएको थियो ।

गोठमा भित्र राखिएको भूस, परालमा आगो सल्किएपछि भैंसी जोगाउन नसकिएको पीडितले बताएका छन् । प्रहरीका अनुसार आगलागीवाट झन्डै एकलाख बराबरको क्षति भएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ असार ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *