तुलसीपुर, असार ७ । आइतवार विहान तुलसीपुरको कालामारामा टिप्पर दुर्घटना भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ ठाँटीगाउँदेखि ढुँगा लगेर कालामारा तर्फ जाँदै गरेको रा १ ख २१६८ नम्वरको टिप्पर विहान ६ बजेतिर दुर्घटनामा परेको हो ।
टिप्पर सडकदेखि झन्डै ५०÷६० मिटर तल खसेको छ । टिप्परका चालक भने हाम फालेर ज्यान जोगाउन सफल भएका छन् । निरन्तरको बर्षाका कारण चिफ्लो र हिल्लाम्मे सडक खण्डका कारण टिप्पर दुर्घटनामा परेको प्रहरीले बताएको छ।
प्रकाशित मिति : २०७७ असार ७ गते आइतवार