दाङ,असार ६ । कपिलबस्तु कृष्णनगरकी २७ बर्षीय एक कोरोना संक्रमित महिलाले शनिवार नेपालञ्जमा बच्चा जन्माएकी छन् । तीमहिलाले शनिवार विहान ६ बजेतिर शल्यक्रिया मार्फत नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा छोरीलाई जन्म दिएको अस्पतालका प्रवन्ध निर्देशक डा. सुरेशकुमार कनौडियाले जानकारी दिए ।बच्चीको तौल २ किलो ४ सय ग्राम रहेको तथा आमा र बच्चा दुबैको स्वास्थ्य सामान्ने रहेको उनले बताए ।उनीहरु प्रसुति सेवाकै लागि भनेर रुपेन्देहीवाट शुक्रवार राति १ बजेतिर नेपालगञ्ज आएको कनौंडियाले जानकारी दिए । पेटको बच्चाकोउमेर ३८ हप्ताको पुगिसकेको र जन्मिनको लागि मेचियोर भइसकेको हुँदा सर्जरी गरेर बच्चा निकालिएको उनले बताए ।
एक महिना अगाडि मुम्बैवाट आएकी ती महिला रुपेन्देही जिल्लाको क्वारेन्टिनमा बसेकी थिइन । पिसिआर परीक्षण गर्दा गर्भबति तीमहिलालाई जेठ ३० गते संक्रमन भेटिएको थियो । पेट दुखेपछि रुपेन्देहीको भिम हस्पिटलले शुक्रवार रिफर गरेर नेपालगन्ज पठाएकोथियो । नेपालगन्ज मेडिकल कलेजलाई सरकारले कोभिड– १९ को लेभल थ्री अस्पतालमा राखेको हुँदा सरकारी निर्देशिका अनुसाररुपेन्देहीवाट सुत्केरी गराउन नेपालगन्ज रिफर गरिएको थियो ।
ती महिलाको पहिलो बच्चापनि सल्याक्रिया वाटै जन्मिएको हुँदा लेवर सुरु नहुँदै दोस्रो बच्चापनि अप्रेसन गरेर निकालिएको उपचारमासंलग्न एक चिकित्सले जानकारी दिए । आमा र बच्चा दुबैको स्वाब संकलन गरि पिसिआर परीक्षणको लागि पठाइएको अस्पतालप्रशासनले जानकारी दिएको छ ।

