२०८१ बैशाख १३ गते बिहिवार

तुलसीपुरवाट विप्लवका ३ कार्यकर्ता पक्राउ

तुलसीपुर, असार ५ । तुलसीपुर क्षेत्रवाट विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्ता पक्राउ परेका छन् ।उनीहरु तीनै जनालाई जिल्ला प्रहरी कार्यालय घोराहीबाट साधा पोशकमा खटिएका प्रहरीले विहीवार पक्राउ गरेका हुन ।

पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी विप्लवका जिल्ला कमिटी सदस्य मदन केसी, तुलसीपुर १८ विजौरी निवासी नगर कमिटी सदस्यहरु दिनेश वली र जीवन वली रहेको स्रोतले बताएको छ ।विहीवार बेलुका पौने ६ बजेतिर केसीलाई तुलसीपुर ६ बाट र वलीद्धयलाई विहीवार बेलुकी पख बिजौरीवाट नियन्त्रणमा लिइएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७७ असार ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *