२०८१ माघ ११ गते शुक्रवार

तुलसीपुरमा २ , शान्तिनगरमा १ र घोराहीमा १ संक्रमित थपिए


तुलसीपुर, असार ४ । विहीवार दाङमा थप ४ जनामा कोरोना भाइरसको संक्रमन फेला परेको छ । तुलसीपुरमा २ जना, शान्तिनगरमा १ जना र घोराही निवासी १ जना पुरुषमा कोरोना संक्रमन पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षण अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का २४ र ४७ बर्षीय पुरुषमा संक्रमन पुष्टि भएको छ ।

त्यस्तै शान्तिनगर गाउँपालिका वडा नं. ३ का ४८ बर्षीय एक पुरुष र घोराही उपमहानगरपालिका वडा नं. १० का ३२ बर्षीय एक पुरुषमा पनि विहीवार कोरोना संक्रमन पुष्टि भएको छ । यो संगै दाङमा मात्रै कोरोना संक्रमितको संख्या २ सय ५६ पुगेको छ ।

प्रकाशित मिति : २०७७ असार ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *