२०८१ बैशाख ७ गते शुक्रवार

तुलसीपुरमा कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न ३ ठाउँ छनौट

तुलसीपुर, असार ४ । तुलसीपुरमा कोरोना भाइरसवाट मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन गर्न २ वटा वडाहरुका तीन स्थान निर्धारण गरिएको छ । विहीवार तुलसीपुर उपमहानगरपालिकामा वसेको सरोकारवालको वैठकले तुलसीपुर वडा नं. ७ र १२ का दूई वटा स्थान गरि तीन स्थानमा मात्रै शव व्यवस्थापन गर्नै निर्णय गरेको छ ।

त्यसका लागि तुलसीपुर १२ स्थित टरिगाउँ एरपोर्टको पूर्व तर्फको अमरबहादुर बस्नेतको तुलसीपुर उपमहानगरपालिकाले भाडामा लिएको जग्गा, वडा नं. १२ कै सिलतपुर शवदाहा गृहको उत्तर तर्फको जग्गा र वडा नं. ७ स्थित गैराखाली सामुदायिक वनको खाली जग्गालाई शव व्यवस्थापन गर्ने स्थानका रुपमा छनोट गरिएको छ । मृतकका परिवारका सदस्यको सल्लाहमा शव व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २०७७ असार ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *