२०८१ फाल्गुन २ गते शुक्रवार

शान्ति सुरक्षामा हरेक नागरिक नेपाल प्रहरी बन्नु पर्छ ः प्रहरी प्रमुख सिंह

तुलसीपुर,असार ४ ।  तुलसीपुर उपमहानगरपालिका वडा नं १८ बिजौरीमा सर्वपक्षीय सुरक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बिजौरी उद्योग वाणिज्य संघले कोभिड—१९ को संक्रमण व्यवस्थापन तथा नागरिक सुरक्षाका विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख (प्रहरी नायव उपरीक्षक) शिव बहादुर सिंहले यस क्षेत्रको समग्र शान्ति सुरक्षामा हरेक नागरिक नेपाल प्रहरी बन्नु पर्ने बताए । लागुऔषधका दुव्र्यशनीहरुलाई रोक्न उनीहरुलाई सप्लाई गर्ने लागुऔषध कारोवारीलाई नै घेराबन्दीमा राख्न प्रहरी लागी रहेको भन्दै उनले त्यसका लागिहरेक नागरिकहरुले लागु औषध दुव्र्यसनीका बारेमा सूचना दिन आवश्यक रहेको तर्क गरे ।साथै उनले नेपाल प्रहरीले हरेक नेपालीलाई बर्दि बिनाको प्रहरी बनाउन चाहेको भन्दै त्यसमा नागरिक समाजको सहयोगको खाँचो रहेको पनि धारणा व्यक्त गरे ।

कार्यक्रममा बोल्दै सहभागीे चित्र धितालले अन्तर्राष्ट्रिय मापदण्डमा १ जना प्रहरीले ८ जनालाई मात्र हेण्डिल गर्न सक्ने भए पनि नेपालमा एक जना प्रहरीले नेपालमा एक जना प्रहरीले ८ सय जनालाई सुरक्षा दिनु परिरहेको बताए ।आफु सकारात्मक सोंचका साथ यहाँ आएको बताउँदै उनले नागरिकहरुको सहयोगले मात्र सबै खाले सामाजिक अपराध नियन्त्रण हुन सक्ने अभिव्यक्ति दिए ।आफुले हरेक टोलमा टोल सुधार समिति गठन गर्न चाहेको भन्दै उनले लागुऔषध तथा दुव्र्यशनी नियन्त्रणको अभियान हरेक टोल र विद्यालयहरुमा सञ्चालन गर्ने पनि बताए । अहिले प्रहरीले हरेक दुव्र्यशनीहरुको प्रोफाइल तयार गरिसकेको बताउंदै उनले हरेक दुव्र्यशनीहरु र उनका अभिभावक समेतलाई ईलाका प्रहरी कार्यालयमा बोलाएर अनुशिक्षण दिन समेत थालिएको बताए ।

त्यसैगरी गोपनियताको विषयमा विशेष ख्याल राख्दै हरेक नागरिकको दैलोमा प्रहरी आइपुग्ने र गलत क्रियाकलाप गर्नेहरुको जानकारी दिन एउटा फोन नम्बर समेत टिपाउने अभियानमा प्रहरी लागिरहेको बताए ।उनले गिट्टी, वालुवाको उत्खनन्का सन्दर्भमा भने माइनुटिङ र अनुगमनको जिम्मा दुवै स्थानीय सरकारलाई भएको बताउंदै स्थानीय सरकारले सुरक्षा मागेमा मात्र प्रहरीले सुरक्षा प्रदान गर्ने जानकारी दिए ।कार्यक्रममा चित्रा धितालले लकडाउनको समयमा नयाँ मान्छे पनि जुवाडे भएको भन्दै जुवातास र मादक पदार्थ सेवनलाई रोक्न सुझाव दिए ।

बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा पत्रकार सुनिल पोख्रेल, जनप्रतिनिधिहरु मदन बस्नेत, केशर पुन, सितल बुढामगर, नेपाली कांग्रेस तुलसीपुर १८ का सभापति हिम बहादुर डाँगी, बिजौरी उवासंघका निवर्तमान अध्यक्ष मुकेश वली, नेकपाका नेता छविलाल वली, ज.स.मावी बिजौरीका शिक्षक टिकाराम पौडेल, श्रीधर पौडेल लगायतले सुझाव दिएका थिए ।सघंका उद्योग उपाध्यक्ष शम्भु रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव बिदुर गौतमले गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७७ असार ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *