
काठमाडौं, असार ४। नेपालमा बितेको २४ घण्टामा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घन्टामा ६ सय ७१ जना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८४८ पुगेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ६ सय ७१ संक्रमित थपिएको जनाएको छ । पछिल्लो २४ घण्टामा १९ जना पुरुष कोरोनामुक्त भएका छन्। हालसम्म १ हजार १ सय ८६ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। त्यस्तै हालसम्म २० जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रकाशित मिति : २०७७ असार ४ गते बिहिवार
