२०८१ माघ ९ गते बुधवार

तुलसीपुरमा ११ महिनामा साढे १२ करोड राजश्व सकंलन

लकडाउनले गर्दा लक्ष भन्दा आधा कम राजश्व संलकन

यमकला भुसाल,तुलसीपुर, असार ४ । तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा साढे १२ करोड राजश्व सकंलन गरेको छ ।

चालु आर्थिक वर्ष २०७६÷०७७को साउन महिनादेखि जेठ मसान्तसम्ममा १२ करोड ५२ लाख १२ हजार ९ सय ३३ रुपैंया राजश्व संकलन गर्न सफल भएको छ ।

नगरका वरिष्ठ वित्तिय अधिकृत तथा राजश्व शाखा प्रमुख ललितबहादुर घर्तीले एकिकृत सम्पत्ति करबाट मात्रै ८४ लाख ६३ हजार ३ सय ६८ रुपैंया २५ पैसा राजश्व सकंलन भएको जानकारी दिए ।

त्यस्तै मालपोत तथा भुमिकरबाट ४७ लाख ९१ हजार २ सय ८४ रुपैंया ६६ पैंसा, घर बहाल करबाट ७० लाख ३८ हजार ८ सय २६ रुपैंया ८८ पैंसा, बहाल विटौरी करबाट ४ लाख २२ हजार ४ सय रुपैंया,पुर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट ५९ लाख २ हजार ६ सय ८५ रुपैया राजश्व सकंलन भएको राजश्व शाखा प्रमुख घर्तीले जानकारी दिए ।

त्यसैगरी व्यवसाय रजिष्टे«शन दस्तुर बाफत ७१ लाख २१ हजार ८ सय ४५ रुपैंया ६९ पैंसा, नदी जन्य बस्तु ढुङ्गा वालुवाको निकासी करबाट ३ करोड ७४ लाख ५० हजार ८ सय ८९ रुपैंया ६० पंैसा,अन्य सेवा शुल्कबाट ४ लाख ९३ हजार ४ सय १ रुपैंया, नक्सा पास दस्तुरबाट ५३ लाख ९९ हजार ५सय ९९ रुपैंया ७७ पैंसा राजश्व सकंलन भएको घर्तीले बताए ।

त्यस्तै सिफारिश दस्तुरबाट १ करोड १४ लाख २१ हजार ७ सय १६ रुपैंया ७९ पैसा राजश्व संकलन भएको छ ।

त्यस्तै व्यक्तिगत घटना दर्ता दस्तुरबाट १ लाख ७४ हजार १ सय २५ रुपैंया,अन्य दस्तुरबाट ३७ लाख २८ हजार ७ सय ९ रुपैंया ६२ पैंसा,न्यायिक दण्ड,जरिवाना र जफतबाट ६ लाख ७६ हजार ४ सय ६८ रुपैंया ८० पैंसा,अन्य करबाट २० लाख ३९ हजार ९ सय २४ रुपैंया,प्रशासनिक दण्ड,जरिवाना र जफतबाट १३ लाख ४१ हजार ५ सय ८८ रुपैंया,अन्य राजश्वबाट १ लाख ४७ हजार १ सय रुपैंया र सबैभन्दा धेरै मालपोतबाट प्राप्त रजिष्टे«शन दस्तुरबाट २ करोड ८६ लाख गरि १२ करोड ५२ लाख १२ हजार ९ सय ३३ रुपैंया राजश्व संकलन भएको राजश्व शाखा प्रमुख घर्तीले जानकारी दिएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७६÷०७७ मा २५ करोड राजश्व सकंलन गर्ने लक्ष्य राखेको भएपनि यस वर्ष कोरोना भाइरस (कोभिड १९) का कारण लक्ष्य अनुसारको राजश्व सकंलन गर्न नसकेको उनले बताए ।

घर्तीले भने ,–यस वर्ष लक्ष्य धेरै थियो,राजश्व बढी उठ्ने समयमा कोभिडका कारण लकडाउन भयो,त्यसले राजश्व सकंलनमा कमी आएको छ।’ गत वर्ष तुलसीपुर नगरमा १६ करोड ७३ लाख राजश्व सकंलन भएको थियो ।

 

 

प्रकाशित मिति : २०७७ असार ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *