२०८१ चैत्र ९ गते शनिवार

भालुवाङका एक युवा ५ किलो चरेशसहित पक्राउ

तुलसीपुर, असार ४ । दाङको भालुवाङका एक युवा झन्डै साढे ५ किलो प्रतिवन्धित लागु औषध चरेशसहित पक्राउ परेका छन् ।राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ निवासी ३४ बर्षीय राजकुमार पुन ५ किलो २ सय ५० ग्राम चरेशसहित पक्राउ परेको ५ नम्वर प्रदेश प्रहरीले जानकारी दिएको छ ।
५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रबक्ता राजकुमार बैदवारले पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं. २ शान्तिनगरवाट असार २ गते साढे १० बजे पुन पक्राउ परेको जानकारी दिए ।उनी सवार लु १४ प ६४१५ नम्वरको मोटरसाईकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पुनमाथि थप अनुसन्धान भइरहेको प्रहरी बरिष्ठ उपरिक्षक बैदवारले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ असार ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *