२०८१ बैशाख ७ गते शुक्रवार

रिपोट नआउँदा सम्म जस्को लास विहानदेखि दिउँसो सम्म रुखमै झुण्डि रह्यो …

बुटवल, असार ३ । अर्घाखाँची र सुर्खेतमा आत्महत्या गरेका व्यक्तिहरुमा कोरोना भाइरस पुष्टि भएको छ । शितगंगा नगरपालिका वडा नं. ५ स्थित हरि माविको क्वारेन्टिनमा सोही वडाका ४३ वर्षीय पुरुषले बुधबार विहान नजिकै रुखमा झुण्डिएर आत्महत्या गरेका थिए।गत जेठ १० गते भारतबाट फर्किएर क्वारेन्टाईनमा बसेका उनको २६ गते स्वाव संकलन गरिएकोमा पिसिआर रिपोर्ट बुधवार पोजेटिभ आएको हो ।

यसअघि आरडिटी परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको थियो । पिसिआरको रिपोर्ट नआउँदा सम्म दिनभर उनको शव रुखमै झुण्डिए कै अवस्थामा राखिएको थियो । रिपोर्ट आएपछि बल्ल बेलुकी शव रुखवाट भूईमा झारिएको हो । उनको शव नेपाली सेनाले सोही वडाको जंगलमा लगेर गाडेको छ । असार १ गते आत्महत्या गरेकी सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ८ की एक युवतीका पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको छ ।

प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा त्यस्तो रिपोर्ट आएको हो । मेलकुना अस्पतालमा रहेको युवतीको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी थालेको छ । उनी जेठ १२ गते भारतबाट आएकी थिइन भने क्वारेन्टिन बसाई पछि २६ गते घर गएकी थिइन ।

प्रकाशित मिति : २०७७ असार ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *