२०८१ माघ १२ गते शनिवार

खैरो हिरोइनसहित दूई जना पक्राउ

तुलसीपुर, असार ३ । प्रतिवन्धित लागु औषध खैरो हिरोइनसहित तुलसीपुरमा दूई जना पक्राउ परेका छ्न । तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमके निवासी २३ बर्षीय लोकबहादुर थापा र घोराही १५ की २० बर्षीया सरिता परियार पुन पक्राउ परेका छन् । रा ४ प २८७६ नम्वरको मोटरसाईकलमा घोराहीवाट तुलसीपुर आउने क्रममा बुधवार दिउँसो साढे २ बजे तुलसीपुर १८ दूधरासमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता चक्रडम्मर पालले जानकारी दिए ।

पक्राउ परेका मध्य थापाको साथवाट १ ग्राम ३४० मिलिग्राम खैरो हिरोइन र ३३ हजार नगद फेला परेको प्रहरी निरिक्षक पालले बताए । बुधवार पक्राउ परेका मध्य थापा नेपाल सरकार प्रतिबादी बबि पुन समेत भएको लागुऔषध ब्राउन सुगर मुद्दामा २०७६ साल भदौ २१ गतेदेखि फरारको सूचिमा रहेका व्यक्ति रहेको पालले जानकारी दिएका छन् । त्यस्तै थापा संगै पक्राउ परेकी सरिता पुन परियार भने लागु औषध मुद्दामा अनुसन्धानमै रहेका घोराही १५ निवासी शंकर पुनकी पत्नि रहेको प्रहरीले बताएको छ । पक्राउ परेका माथि थप अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ असार ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *