२०८१ माघ २६ गते शनिवार

दाङको राप्तीमा ५ र गढवा ३ गरि ८ संक्रमित थपिए


तुलसीपुर, असार ३ । बुधवार दाङमा थप ८ जना नयाँ संक्रमित फेला परेका छन् । राप्ती गाउँपालिकामा ५ र गढवा गाउँपालिकामा ३ जना गरि ८ जना नयाँ संक्रमित फेला परेका हुन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा राप्ती गाउँपालिका वडा नं. २ का ३६ बर्षीय पुरुष र ५५ बर्षीया महिला, वडा नं. ५ मा ४६ बर्षीय एक पुरुष, वडा नं. ६ मा ४५ बर्षीय एक पुरुष, वडा नं. ७ मा २८ बर्षीय एक पुरुषमा कोराना संक्रमन फेला परेको छ ।

त्यस्तै गढवा गाउँपालिका वडा नं. १ मा २९ बर्षीय एक पुरुष, वडा नं. ४ मा ३१ बर्षीय पुरुष र वडा नं. ६ का ५५ बर्षीय एक पुरुषमा कोरोना संक्रमन फेला परेको छ । यो संगै दाङमा संक्रमितको संख्या बुधवार सम्म २ सय ५२ पुगेको छ ।

नेपालमा एकैदिन मात्रै ५६८ थपिए
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या बुधवार हालसम्मकै सबैभन्दा धेरै फेला परेका छन् । बुधवार ५ सय ८६ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा यो सहित संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९ जना पुरुष कोरोनामुक्त भएको जानकारी दिए ।उनका अनुसार बुधवारसम्म १ हजार १ सय ६७ जना कोरोनामुक्त भई घर गएका छन् । त्यसमा १ सय १२ जना महिला र १ हजार ५५ जना पुरुष रहेको गौतमले बताए । बुधवार सम्म २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ असार ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *